logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • संस्कृत विश्वविद्यालयको पाँचौंं दीक्षान्त समारोह सुरू

    संस्कृत विश्वविद्यालयको पाँचौंं दीक्षान्त समारोह सुरू

    1.3K
    Shares
    संस्कृत विश्वविद्यालयको पाँचौंं दीक्षान्त समारोह सुरू

    तुलसिपुर । नेपाल संस्कृत विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोह सुरू भएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा कार्यक्रम सुरू भएको हो । सम्पूर्णानन्द विश्वविद्यालय वाराणसिका कुलपति प्राध्यापक हरेराम त्रिपाठीको प्रमुख आतिथ्यतामा कार्यक्रम सुभारम्भ भएको हो ।

    उपकुलपति प्राध्यापक डा. यादवप्रकाश लामिछानेले २०६७ सालदेखि २०७६ सालसम्म शास्त्री, एक वर्षे शिक्षा शास्त्री, आयुर्वेद स्नातक तह (बीएएमएस), आचार्य र विद्यावारिधि उत्तीर्ण गरेका चार हजार सात सय ७३ जनामध्ये दीक्षितका लागि आवेदन दिएका पाँच सय ७५ जना विद्यार्थी दीक्षान्त समारोहमा सहभागी रहेको विश्वविद्यालयका पदाधिकारीले बताएका छन् ।

    दीक्षान्त समारोहमा प्रधानमन्त्रीसहित शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोकुमार राई, सूचना तथा प्रविधिमन्त्री रेखा शर्मा, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सहभागिता रहेको छ । लामो समयसम्म दीक्षान्त समारोह नहुँदा विद्यार्थीले मूल प्रमाणपत्र प्राप्त नगरेका कारण विदेशमा पढ्न जानबाट वञ्चित हुँदैआएका थिए ।

    आयुर्वेद स्नातक तह (बीएएमएस) का विद्यार्थी पहिलो पटक दीक्षित हुन लागेका छन् । दीक्षान्त समारोहमा सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थी पुरस्कृत हुन लागेका छन् । दीक्षान्त समारोह सुरूपूर्व विश्वविद्यालय सभाको बैठक कुलपति एवम् प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले दीक्षित विद्यार्थीलाई मूल प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend