काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक सुरु भएको छ । समितिमा प्रस्टीकरण दिन प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्की पनि सिंहदरबार पुगेका छन् ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाएको हो ।
लामो समयदेखि कार्याबहाक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायाधीश सिफारिस गरिएको थियो ।
बैठकमा कार्कीलाई उनी विरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ ।
उनीविरुद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग हिजो छलफल गरेको थियो ।