काठमाडौं । नेपालले आज एसीसी महिला इमर्जिङ टिम्स एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
भारतको ‘ए’ टिमसँग हङकङमा हुने खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा सुरु हुनेछ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग ९ रनले हारेको थियो। उक्त खेलमा नेपालले दर्बिलो बलिङ गर्दै पाकिस्तानलाई ८७ रनमा समेटेको थियो ।
तर ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसक्दा ८८ रनको विजय लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रन मात्र जोड्न सक्यो ।
भारतले भने पहिलो खेलमा हङकङलाई ९ विकेटले पराजित गरेको थियो ।