logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • राष्ट्रिय सुरक्षा सल्लाहकारमा शंकरदास बैरागी नियुक्त

    राष्ट्रिय सुरक्षा सल्लाहकारमा शंकरदास बैरागी नियुक्त

    952
    Shares
    राष्ट्रिय सुरक्षा सल्लाहकारमा शंकरदास बैरागी नियुक्त

    काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा शंकरदास बैरागी नियुक्त गरेको छ ।

    ३ महिनापछि अवकाश हुन लागेका बैरागीलाई मुख्य सचिवबाट राजीनामा गराएर राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको हो ।

    परराष्ट्रमन्त्री एनपी साउदले वैकुण्ठ अर्याललाई मुख्य सचिव र वैरागीलाई सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको जानकारी दिए ।

    बैरागीले सल्लाहकारका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहालबाट शपथसमेत लिइसकेका प्रधानमन्त्रीको सचिवालयले स्रोतले जानकारी दिएको छ ।

    सरकारले बैरागीलाई मन्त्रीसरहको सेवा सुविधासहित राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएको हो ।

    संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधि समेत रहेका बैरागी मुख्य सचिव हुनुअघि परराष्ट्र सचिव थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend