काठमाडौं । हङकङमा जारी महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल र भारतबीच आज हुने भनिएको खेल रद्द गरिएको छ ।
निरन्तर पानी परिरहेका कारण आउटभिल्ड खेल्न लायक नभएपछि नेपालले भारत ए सँग प्रतिस्पर्धा गर्न नपाएको हो । सो खेलमा टस नै नभई खेल रद्द गरिएको हो । खेल रद्द गरिएसँगै दुवै टोलीले एक/एक अंक बाँडेका छन् ।
नेपालले दुई खेलपछि एक अंक छ भने भारतले ३ अंक जोड्न सफल भएको छ ।
आजै खेल्ने तय गरिएको पाकिस्तान ए र हङकङबीचको खेल पनि रद्द गरिएको थियो । पाकिस्तान ए सँग प्रतिस्पर्धात्मक नेपाल आफ्नो पहिलो खेलमा खेलमा ९ रनले हारेको थियो ।
समूहको अन्तिम खेल हङकङसँग नेपालले शनिवार खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।