काठमाण्डौ । एसीसी महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटअन्तर्गत नेपाल र घरेलु हङकङबीचको खेल बर्षाले प्रभावित हुँदा रद्द गरिएको छ ।
नेपाली समयअनुसार खेल बिहान पौने ७ बजे हङकङको मङककमा सुरु हुनुपर्ने भए पनि वर्षाका कारण टस पनि हुन नपाई रद्द भएको हो । खेल वर्षाले रद्द भएसँगै नेपाल र हङकङले १/१ अङ्क बाँडेका छन् ।
नेपाल ३ खेलमा २ अङ्कसहित समूह ‘ए’ को तेस्रो स्थानमा रहँदै बाहिरिएको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ रनले हारेको थियो भने भारतको ‘ए’ टोलीसँगको खेल पानी परेका कारण प्रभावित हुँदा अंक बाँडेको थियो ।
नेपाल र हङकङ बाहिरिएसँगै भारत ए र पाकिस्तान ए यस समूहबाट सेमिफाइनल प्रवेश गरेका छन् । प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान ए सँग पराजित भएको थियो । बिहीबार भारत ए सँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो ।