logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • रुसले शक्त्रिशाली आणविक हतियार बेलारुस पठायो

    रुसले शक्त्रिशाली आणविक हतियार बेलारुस पठायो

    1.2K
    Shares
    रुसले शक्त्रिशाली आणविक हतियार बेलारुस पठायो

    एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले आणविक हतियारहरूको पहिलो समूह बेलारुस पठाएका द हिलले उल्लेख गरेको छ। सेन्ट पिटर्सबर्ग इन्टरनेशनल इकोनोमिक फोरमलाई सम्बोधन गर्दै पुटिनले बाँकी आणविक हतियार गर्मीको अन्त्यसम्ममा उपलब्ध गराउने बनाएका छन् ।

    युक्रेनसँग सीमा जोडिएको देशमा रणनीतिक आणविक बम तैनाथ गर्ने योजनाको एक भागको रूपमा रुसले यो योजना अगाडि बढाएको बताइएको छ। बेलारूसी राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले ‘रूसबाट बम र मिसाइलहरू’ को पहिलो भाग प्राप्त गरेको बताएका छन् ।

    लुकाशेन्कोले रुसी र बेलारूसी राज्य मिडियालाई भनेका छन्– ‘हामीसँग क्षेप्यास्त्र र बमहरू छन् जुन हामीले रूसबाट प्राप्त गरेका छौं । ‘बमहरू’ हिरोसिमा र नागासाकीमा खसालिएको भन्दा तीन गुणा बढी शक्तिशाली छन्,’ फक्स न्यूजले उल्लेख गरेको छ।

    बेलारूसी राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले रूसले बेलारुसलाई आणविक हतियारहरू वितरण गरेको बताएका छन् । हतियारको आगमन युक्रेनी सेनाले रुस विरुद्ध ठूलो मात्रामा काउन्टर–ऑफेरेसन शुरु गरेको एक हप्ता पछि आएको हो।

    यसैबीच फिनल्याण्ड यस वर्षको अप्रिल ४ मा ब्रसेल्समा रहेको नेटो मुख्यालयमा संयुक्त राज्य अमेरिकासँगको उत्तरी एट्लान्टिक सन्धिमा प्रवेश गर्ने आफ्नो उपकरण जम्मा गरेर नेटोको नयाँ सदस्य बनेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend