सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

समाजवादी मोर्चा घोषणाको तयारीका लागि बालुवाटारमा बैठक

समाजवादी मोर्चा घोषणाको तयारीका लागि बालुवाटारमा बैठक

काठमाडौँ । नयाँ समाजवादी मोर्चा गठनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ ।

बैठकमा नेकपा माओवादी केन्द्र सहित जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेकपा सहभागी भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

समाजवादी मोर्चा घोषणाका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित जसपा अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच छलफल चलिरहेको छ ।

समाजवादी मोर्चामा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा एकता अभियानका संयोजक वामदेव गौतमलाई समेट्ने विषयमा छलफल केन्द्रित रहेको स्रोतले बताएको छ । आउँदो सोमबार वा मङ्गलवारसम्ममा समाजवादी मोर्चा घोषणा गर्न तयारी रहेको बताइएको छ ।

समाजवादी मोर्चाको ड्राफ्ट तयार गर्न माओवादी प्रवक्ता कृष्णबहादुर महरा, जसपा नेता राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई जिम्मेवारी तोकिएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend