काठमाडौं । विश्वकप क्रिकेट छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले जिम्बाव्वेविरुद्ध राम्रो खेल प्रदर्शन गरिरहेको छ ।
टस हारेर पहिले व्याटिङ गर्न पुगेको नेपालले २८ ओभर सकिँदा बिना क्षति १ सय ५४ रन जोड्न सफल भएको छ ।
नेपाली टोलीका ओपनर दुवै कुशल भुर्तेल ९२ र आसिफ शेख ५५ रन जोडेका छन् । दुबैले अर्ध सतकीय पारी पूरा गरेका छन् । कुशल सतक नजिकै पुगेका छन् ।
पाँच वर्षपछि नेपालले जिम्बाब्बेसँग ५० ओभरको पहिलो खेलमा प्रतिस्पर्धा गरेको हो।
टेष्ट मान्यताप्राप्त राष्ट्रसँग खेलेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलसमेत भएकाले नेपालका लागि निकै महत्वपूर्ण रहेको छ ।