logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • आन्दोलनरत पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीच वार्ता जारी

    आन्दोलनरत पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीच वार्ता जारी

    1K
    Shares
    आन्दोलनरत पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीच वार्ता जारी

    काठमाडौं । कोशी प्रदेशमा आन्दोलनरत पहिचानवादी र सरकारबीच विराटनगरमा वार्ता बसिरहेको छ ।

    कोशी प्रदेशको नामकरणप्रति विरोध जनाउँदै लामो समयदेखि आन्दोलन गरिरहेका पक्ष र सरकारबीच पहिलो पटक औपचारिक वार्ता सुरु भएको हो ।

    विराटनगरको बिग होटलमा सुरु भएको वार्तामा पहिचान पक्षधरको आन्दोलन, उनीहरुले राखेका माग, सरकारले गर्न सक्ने सम्बोधन लगायतका एजेन्डामाथि छलफल भइरहेको बताइएको छ ।

    कोशी नाम खारेजी र बहुपहिचानका आधारमा प्रदेशको पुनः नामकरण हुनुपर्ने माग राखेर पहिचानवादीहरु आन्दोलित छन् । वार्तामा सरकारका तर्फबाट वार्ता टोली संयोजक एवं प्रदेशका सिँचाई खानेपानी तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बो तथा सदस्यहरु उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी सामेल छन् ।

    आन्दोलनकारीका तर्फबाट गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, ग्याल्जे शेर्पा, कुमार लिङ्देन ‘मिराक’,रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जबेगू सहभागी छन् ।

    सरकारले औपचारिक आह्वान गरेपछि त्यसलाई स्वीकार गर्दै पहिचानवादी पक्षका तर्फबाट पनि आइतबार वार्ता समिति गठन गरिएको थियो ।

    गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोशी राखेपछि त्यसको विरोधमा पहिचान पक्षधर आन्दोलित छन् । कोशी प्रदेशको नाम पुनः नामांकन संयुक्त संघर्ष समितिले चरणबद्ध आन्दोलन जारी राखेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend