logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • विद्युतीय मिडियामाथि नियमनलाई कडाईकासाथ लागू गर्नुपर्छ: अर्जुननरसिंह केसी

    विद्युतीय मिडियामाथि नियमनलाई कडाईकासाथ लागू गर्नुपर्छ: अर्जुननरसिंह केसी

    959
    Shares
    विद्युतीय मिडियामाथि नियमनलाई कडाईकासाथ लागू गर्नुपर्छ: अर्जुननरसिंह केसी

    काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले विद्युतीय मिडियालाई प्रभावकारी बनाउँदै आवश्यक नियमन गर्नुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिलगायत मन्त्रालयका विनियोजित शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले प्रेस स्वतन्त्रतालाई कायम राख्दै अनलाइनलगायत मिडियामा तथ्यहीन सामग्री नभई आवाजविहीन जनताको आवाजलाई सशक्त र प्रभावकारी बनाउन नियमन गर्नुपर्ने बताए ।

    सांसद केसीले नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजनसहित नभई गोरखापत्र संस्थानलाई समेत स्वायत्तरुपमा सञ्चालन गर्ने विधि खोज्न आग्रह गरे।

    आधुनिक कम्युनिकेसन, कनेक्सन र कोल्याब्रेसनले विश्वलाई एउटै ग्राम बनाएको अवस्थामा त्यसको सही उपयोग गर्नुपर्नेमा जोड दिँदै उनले सरकारको बजेट सीमित क्षेत्रलाई केन्द्रित गरिएको र आमरुपमा पक्षपातपूर्ण भएको टिप्पणी गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend