सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

नयाँ मोड र नयाँ राजनीतिक सुरुवात, प्रतिगामी र पश्चगामीहरूलाई रोक्न समाजवादी मोर्चा: चन्द

नयाँ मोड र नयाँ राजनीतिक सुरुवात, प्रतिगामी र पश्चगामीहरूलाई रोक्न समाजवादी मोर्चा: चन्द

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले प्रतिगामी र पश्चगामीहरूलाई रोक्नका लागि चार दलले समाजवादी मोर्चाको घोषणा गरिएको बताउँदै नेपालको राजनीतिक इतिहासमा यो नयाँ मोड र नयाँ राजनीतिक सुरूआत भएको दाबी गरेका छन् ।

सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित समाजवादी मोर्चा घोषणासभामा बोल्दै उनले भने, ‘हामी चार राजनीतिक दलमा लामो छलफलपछि सबैको शुभेच्छा र चाहनाअनुरूपको समाजवादी मोर्चा घोषणाको मोडमा आइपुगेका छौँ । मुलुकलाई यो परिस्थितिबाट, यो संकटबाट मुक्त गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य छ । कुनै पनि मूल्यमा प्रतिगामी र पश्चगामीहरूलाई फाइदा उठाउन दिनुहुँदैन । यो संकटबाट मुलुकलाई मुक्त गर्नुपर्छ भनेर हामीले इतिहासमा एउटा नयाँ प्रयोग गरेका छौँ ।’

उनले नेपालमा विभिन्न चरणमा भएका आन्दोलन र क्रान्तिहरूका बाँकी सपनाहरू पूरा गर्नका लागि समाजवादी मोर्चा गठन गरिएको बताए ।

उनले अझै पनि समाजमा व्याप्त असमानताको अन्त्य र अधिकारको सुनिश्चतता पूर्णरुपमा हुन नसकिएको बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend