बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

अमेरिकाको टेक्ससमा भएको सडक दुर्घटनामा दुई नेपालीको मृत्यु, चार घाइते

अमेरिकाको टेक्ससमा भएको सडक दुर्घटनामा दुई नेपालीको मृत्यु, चार घाइते

काठमाडौं। अमेरिकाको टेक्ससस्थित टाइलरमा शनिवार भएको सडक दुर्घटनामा परी दुई जना नेपालीको ज्यान गएको छ भने चार जना नेपाली घाइते भएका छन्। उनीहरू सवार पिकअपलाई ट्रकले ठक्कर दिएको थियो।

दुर्घटनामा परी ३४ वर्षीय सिर्जन ज्ञवाली र ११ वर्षीय बालक इमेज कार्कीको निधन भएको हो । उक्त दुर्घटनामा परी दिनेश कार्की , गङ्गा कार्की , इभान कार्की र सृजन प्याकुरेल घाइते भएका हुन् ।

प्याकुरेलको अवस्था सामान्य रहे पनि अन्य तीन जनाको अवस्था भने गम्भीर रहेको बताइएको छ । प्रहरीका अनुसार उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend