बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

वनकरियालाई पाडी

वनकरियालाई पाडी

मकवानपुर । मकवानपुरको मनहरि गाउँपालिकाले सीमान्तकृत वनकरिया जातीलाई पाडी वितरण गरेको छ ।

मनहरि गाउँपालिका–४ मा बसोबास गर्दै आएका नेपालकै दुर्लभ र सीमान्तकृत वनकरिया जातीलाई पाडी वितरण गरिएको हो । सोमबार वनकरिया बस्तीमा पाडी हस्तान्तरण गर्दै गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले उनीहरुको जीविकोपार्जनमा सहयोग पुग्ने विश्वासका साथ हस्तान्तरण गरिएको बताइन् ।

उनले सीमान्तकृत वनकरियालाई संरक्षण मात्र नभइ उनीहरुलाई आय–आर्जनमा पनि स्थानीय सरकारले सहयोग पुर्‍याउँदै अघि बढिरहेको बताए। गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत उनीहरुलाई तीन लाख बजेटबाट १० वटा पाडी वितरण गरिएको हो ।

वितरण पश्चात वडा नं ४ वडाध्यक्ष प्रकाश थापाले ६ वर्षसम्म पाडीको राम्रो स्याहार सुसार गर्न सके वनकरिया जातीमा आत्मनिर्भर हुने बाटो रहने बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend