काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंह चढेको गाडी बझाङको केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
धनगढीबाट बझाङका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ४८० नम्बरको गाडी केदारस्युँ गाउँपालिका देउरा नजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा मन्त्री सिंहसँगै उनकी श्रीमती, भाउजु र दुई जना सुरक्षा गार्ड र चालक घाइते भएका प्रहरीले जनाएको छ । उनीहरुको देउरा स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार भइरहेको छ । घाइते सबै जना अचेत अवस्थामा रहेका प्रहरीले बताएको छ ।