काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफूले कुनै पनि कानुन र अदालतलाई मान्न नसक्ने बताएका छन् ।
बिहीबार महानगर प्रमुख शाहले सामाजिक सञ्जालमा लेखेका छन्– ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन’
भारतीय चलचित्र आदिपुरुषमा सीता भारतीकी छोरी हुन् भन्ने संवाद आपत्तिजनक रहेको बताउँदै शाहले काठमाडौँ महानगरभित्र हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएका थिए । सो निर्णयविरुद्ध उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै मेयर बालेनको यस्तो टिप्पणी आएको हो ।
आदिपुरुषका लेखकले नेपाल भारतको अधिनमा थियो भनेको उल्लेख गर्दै शाहले उनीहरूको नियत सही नभएको बताएका छन् ।
‘फिल्म लेखकले नेपाल भारतको अधीनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ’, उनले उल्लेख गरेका छन् ।
यसमा आफू जुनसुकै सजाय भोग्न तयार रहेको बताउँदै उनले अगाडि थपेका छन्– ‘फिल्म चल्दैन र चल्न दिइनेछैन ।’