काठमाडौं । गोरखामा भएको जिप दुर्घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल मार्फत उनले गोरखाको सहिद लखन गाउँपालिका ३ मा भएको सवारी दुर्घटनामा परी पाँच जनाको दुखद निधनले मर्माहत भएको र घाइतेको तत्काल उपचारका लागि समेत सरोकार निकायलाई निर्देशन दिएका छन् ।
उनले दुर्घटनामा परी निधन भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन् । उनले दुर्घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।