काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाका सांसदहरूले सोधेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ।
यस्तै, बैठकमा आगामी आर्थिक वर्षको बजेट विनियोजनका विभिन्न शीर्षकहरूमाथिको जारी छलफलअन्तरगत विभिन्न शीर्षकहरूमाथि छलफल हुने कार्यसूची रहेको बताइएको छ ।
आज संस्कृति,पर्यटन तथा नागरिक उड्डयन,गृह,रक्षा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय योजना आयोगको सचिवालय,राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।