माघ ५ काठमाडौं लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासंगका सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलले सफाई पाएका छन्।
आज जिल्ला अदालत चितवनमा भएको बहस सकिएपछि अदालतले लामिछाने र कँडेललाई रिहा गर्ने फैसला गरेको हो।
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको थियो ।