logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • ८ औं कान्तिपुर हिसान एडु फेयर पुनः सञ्चालन

    ८ औं कान्तिपुर हिसान एडु फेयर पुनः सञ्चालन

    1.4K
    Shares
    ८ औं कान्तिपुर हिसान एडु फेयर पुनः सञ्चालन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले बन्द गराएको ८ औं कान्तिपुर हिसान एडु फेयर पाटन उच्च अदालतबाट अनुमति पाएसँगै पुनः सञ्चालन भएको छ ।

    शुक्रवारबाट मेला शुरु भएको हो । शैक्षिक मेला असार ८, ९ र १० गते सञ्चालन हुनेछ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा भइरहेको मेलामा विद्यार्थी, अभिभावक र सरोकारवालाहरुले नेपालका प्रतिष्ठित शिक्षालय र गुणस्तरीय शिक्षाबारे परामर्श लिन सक्नेछन् ।

    मेलामा बोल्दै हिसानका उपाध्यक्ष एवं मेला संयोजक टंकराज आचार्यले जिज्ञासु विद्यार्थी र अभिभावकहरुलाई नेपालका शिक्षालय र तिनले प्रदान गर्ने गुणस्तरीय शिक्षाको बारेमा जानकारी गराउन मेला आयोजना गरिएको बताए । उनले १० गतेसम्म चल्ने मेलामा ७५ भन्दा बढी शिक्षालय, विद्यालय, विश्वविद्यालयहरु सहभागी हुने बताए ।

    उनले भने, ‘आम रुपमा जिज्ञासु विद्यार्थी र अभिभावकहरुलाई नेपालका शिक्षालय र तिनले प्रदान गर्ने गुणस्तरीय शिक्षाको बारेमा जानकारी गराउन मेला आयोजना गरिएको छ । १० गतेसम्म चल्ने मेलामा ७५ भन्दा बढी शिक्षालय, विद्यालय, विश्वविद्यालयहरु यो मेलामा सहभागी हुनुहुन्छ । नेपालका शिक्षालयले प्रदान गर्ने गुणस्तरको बारेमा छलफल हुनेछ । नेपालमा नेपाली विद्यार्थीहरुलाई अड्याउन हामीले यो मेला आयोजना गरेका छौँ ।’

    गत जेठ ३२ गते सञ्चालन भएको मेला काठमाडौं महानगरपालिकाले अनुमति नलिइकन सञ्चालन गरेको भन्दै बन्द गराएको थियो । आजबाट मेला पुनः सुचारु भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend