logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • विश्वकप छनोट : श्रीलङ्काले ओमानबाट पायाे ९८ रनकाे सामान्य लक्ष्य

    विश्वकप छनोट : श्रीलङ्काले ओमानबाट पायाे ९८ रनकाे सामान्य लक्ष्य

    2K
    Shares
    विश्वकप छनोट :  श्रीलङ्काले ओमानबाट पायाे ९८ रनकाे सामान्य लक्ष्य

    काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ अतर्गतको आजको खेलमा ओमानले श्रीलङ्कालाई ९९ रनको सामान्य लक्ष्य दिएको छ ।

    जिम्बावेको बुलवायो क्रिकेट मैदानमा भएको खेलमा ओमान ३० दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ९८ रनमा समेटियो । ओमानका लागि आयान खानले सर्वाधिक ४१ रन बनाए ।

    ओमानका लागि जतिन्दर सिंहले २१ तथा फयाज बुटले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

    ओमानलाई सस्तैमा समेट्ने क्रममा श्रीलङ्काका वानिन्दु हसरङ्ग एक्लैले पाँच विकेट लिए भने लाहिरु कुमाराले तीन विकेट लिए । त्यस्तै कसुन रजितले एक विकेट झारे । श्रीलङ्का अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend