बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

प्रवासी नेपाली एकता समाजको बैठकलाई राप्रपा अध्यक्ष लिङ्देनको भर्चुअल सम्बोधन

प्रवासी नेपाली एकता समाजको बैठकलाई राप्रपा अध्यक्ष लिङ्देनको भर्चुअल सम्बोधन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी निकट प्रवासी नेपाली एकता समाज (पानस) को अन्तर्राष्ट्रिय भेलालाई सम्बोधन गरेका छन् ।

विश्वका विभिन्न देशमा रहेका प्रवासी नेपाली एकता समाजका अगुवा भेलालाई अध्यक्ष लिङ्देनले अन्तर्राष्ट्रिय समन्वय समिति (पानस) ले कार्यक्रमलाई संयोजनमा भर्चुअल माध्यमबाट सम्बोधन गरेका हुन्।

यसपूर्व काठमाडौँमा पानसको अन्तर्राष्ट्रिय समिति र केन्द्रीय प्रवास विभागको संयुक्त बैठकले राष्ट्रिय समन्वय समिति र अन्तर्राष्ट्रिय समितिको अधिवेशन गर्ने निर्णय गरेको थियो । प्रवास विभाग प्रमुख आनन्द अधिकारीका अनुसार भर्चुअल बैठकबाट अगस्ट ३१ सम्ममा राष्ट्रिय समन्वय समितिको र अक्टोबर २७, २८ मा अन्तर्राष्ट्रिय समितिको अधिवेशन गर्ने निर्णय गरेको छ ।

विभिन्न देशमा हुने राष्ट्रिय समन्वय समितिको अधिवेशनमा पार्टीको नेतृत्व तहको कार्यपालिका बनाइ सहभागी गराउने विषयमा पनि बैठकमा छलफल भएको छ।

बैठकमा अध्यक्ष लिङ्देनले पार्टीको एजेन्डाको पक्षमा प्रवासमा रहेका नेपालीको चासो, चिन्ता र सरोकार हुने गरेको पाएको बताए ।

राप्रपाका ४० भन्दा धेरै देशमा पार्टीको सङ्गठन रहेको र थप केही देशमा सङ्गठन संरचना बनाउने गरी छलफल अगाडि बढाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend