logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • कमल थापाको आरोप– लोकतन्त्रको आवरणमा देशमा लुटतन्त्र मच्चाइयो

    कमल थापाको आरोप– लोकतन्त्रको आवरणमा देशमा लुटतन्त्र मच्चाइयो

    952
    Shares
    कमल थापाको आरोप– लोकतन्त्रको आवरणमा देशमा लुटतन्त्र मच्चाइयो

    महोत्तरी । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ०६२/६३ को राजनीतिक परिवर्तनबाट मुलुकको हित नभएको टिप्पणी गरेका छन् । राष्ट्रियता कमजोर भएको, धर्मसंस्कृति र पहिचान मेटिएको, विधिको शासनको धज्जी उडेको तथा भ्रष्टाचार र बेरोजगारी व्यापक रूपमा बढेको थापाले दाबी गरे ।

    राप्रपाका नेता पूर्व मन्त्री एवं उपसभामुख स्वर्गीय रामबिलास यादवको महोत्तरीको एकडारा गाउँ पालिकामा निर्मित सालिकको अनावरण गर्दै थापाले निष्ठा, इमानदारी र आदर्शको राजनीति कमजोर भएको बताए । केही सीमित दल र तीनका सीमित नेताहरूको सिन्डिकेटबाट मुलुक आक्रान्त भएको आरोप थापाले लगाए ।

    ठुलठुला भ्रष्टाचार काण्डमा आफूलाई ठुला भन्ने ठुला राजनीतिक दलका नेताहरूको संलग्नता रहेको दाबी गर्दै थापाले आफ्नो स्वार्थसिद्ध गर्नका लागि कानुनलाई समेत हातमा लिने दुष्प्रयास भइरहेको उल्लेख गर्दै थापाले यस्तो अक्षम्य काम नगर्न राजनीतिक दलहरूलाई अनुरोध समेत गरे ।

    ‘राजा, हिन्दु राष्ट्र ,एकात्मक राज्यप्रणाली अन्त्य पछि देश बन्छ, स्थिरतामा पुग्छ, समृद्धि आउँछ भन्नेहरूले आज मुलुकलाई कहाँ पुर्‍याए ?’ उनले भने । लोकतन्त्रको आवरणमा देशमा लुटतन्त्र मच्चाइएको थापाको दाबी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend