असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई कला र साहित्यप्रति अत्यन्तै अभिरुचि भएको बताएका छन्।
आज (शनिबार) नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिक उत्सवको अवसरमा आयोजित कविता महोत्सवमा बोल्दै प्रधानमन्त्री प्रचण्डले कविता, साहित्य र कलाप्रति तीव्र इच्छा हुँदाहुँदै पनि राजनीतिक व्यस्तताले त्यसतर्फ सोच्ने फुर्सद नभएको बताएका हुन् ।
‘मलाई यस कविता महोत्सवमा वाचन हुने सबै कविता सुन्ने ईच्छा त पक्कै पनि छ । कविता, साहित्य र कलाको म पनि अनुरागी हुँ । यद्यपि मैले धेरैचोटी भन्ने गरेको छु, कमरेड लेलिनले भनेको एउटा भनाई मलाई साहित्यप्रति र कलाप्रति तीव्र अभिरुचि त छ । तर, राजनीतिको चपेटाले मलाई कहिले पनि त्यतापट्टी फुर्सद दिएन । मेरो पनि स्थिति त्यस्तै नै भएको छ,’ प्रचण्डले भने ।
आफूलाई छनोटमा परेका सबै कवित सुुन्ने इच्छा भएपनि समय अभावका कारण त्यसबाट बञ्चित भएको उनले बताए । उनले वाचनका लागि छनोटमा परेका र पुरस्कृत हुने कविहरूलाई बधाइ तथा शुभकामना व्यक्त गरेका थिए ।