पर्सा । पर्साबाट स्रोत नखुलेको आठ लाख नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
शुक्रबार दिउँसो प्रहरीले वीरगंज महानगरपालिका–१६ स्थित सडकबाट स्रोत नखुलेको रकमसहित बारा प्रसौनी गाउँपालिका–२ का ३३ वर्षीय सुनिल कुमार साहलाई पक्राउ गरेको हो ।
प्रहरी चौकी इनरुवा र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले भारत रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको ना.२८ प ९००८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहलाई उक्त नगदसहित नियन्त्रण लिएको थियो।
घट्नाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।