सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

सुन जस्तै देखिने धातुसहित एक जना रुपन्देहीबाट पक्राउ

सुन जस्तै देखिने धातुसहित एक जना रुपन्देहीबाट पक्राउ

काठमाडौं । रुपन्देहीमा सुन जस्तो देखिने २ किलो धातु सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

शनिबार मध्यराति लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालिदहबाट कार र चालक सहित सुन जस्तो २ किलो धातु सशस्त्र प्रहरी बल नेपाल बीओपी बयरघाट रुपन्देहीले बरामद गरेको हो ।

नेपालबाट भारततर्फ जाँदै गरेको बा १२ च ३८२० नं.को मारुती सुजुकी कारलाई बिशेष सुचनाको आधारमा नियन्त्रणमा लिई जाँच गर्दा गियर बक्समा फल्स बटम बनाएर लुकाइ छिपाइ लैजादै गरेको अवस्थामा इँट्टा आकारको २ थान सुन जस्तो धातु पाएको थियो ।

दाङको घोराही नगरपालिका–१० का हुमानन्द गिरीलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका गिरी र गाडीलाई भैरहवा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend