काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा जाहेरी परेको छ ।
अधिवक्ता वर्षाकुमारी झाले मेयर शाह विरुद्ध अदालतको अवहेलनामा कारवाही हुनुपर्छ भनी निवेदन दर्ता गरिएकी हुन् ।
उनले दायर गरेको निवेदनमा न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । इजलासले आवश्यक ठानेर निवेदन अगाडि बढाएमा मात्रै त्यसले मुद्दाको रुप धारण गर्नेछ ।
केही दिनअघि मेयर शाहले भारतीय फिल्मलाई नेपाली हलमा नचाउन दिने आफ्नो निर्णयका विरुद्ध अन्तरिम आदेश दिएको उच्च अदालतको आलोचनात्मक अभिव्यक्ति दिएका थिए ।
आदालतले दिएको कुनै पनि आदेश नमान्ने बताउँदै उनले अदालत नै भारतबाट प्रचालित भएको आरोप लगाएका थिए ।