logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • पशुपतिमा जलहरीको नाप लिन पुग्यो अख्तियार टोली

    पशुपतिमा जलहरीको नाप लिन पुग्यो अख्तियार टोली

    3K
    Shares
    पशुपतिमा जलहरीको नाप लिन पुग्यो अख्तियार टोली

    काठमाडौँ । पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा अनियमितता भएको सम्बन्धमा स्थलगत अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली मन्दिरमा पुगेको छ । अख्तियार स्रोतका अनुसार आइतबार अपरान्ह पुगेको टोलीले जलहरीको तौल जोख्ने बताइएको छ ।

    दुई बर्ष अगाडि पशुपतिमा सुनको जलहरी राख्नेक्रममा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी दिइएको थियो। सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड १११ हजारमा खरिद गरेको थियो। उक्त सुनमा तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२.७५ ग्राम प्रयोग गरेपछि जलहरीको तौल १०७ किलो ९२४.७५ ग्राम पुगेको थियो ।

    जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाइ जलहरीमा लगाएको दाबी गरिएको थियो ।

    यद्यपि, महालेखा परीक्षकको कार्यालयले जलहरी बनाएर बाँकी रहेको सुनको सबै परिणाम रिङ बनाउन प्रयोग गरेको पुष्टि नभएको जनाएको छ । जसमा ७ करोड ८६ लाख ४६ हजार रुपैयाँ भष्ट्राचार भएको हुनसक्ने आशंका महालेखाले गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend