logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मेरो चीन भ्रमण लगानी र व्यापार प्रवद्र्धनका लागि हुनेछः उपप्रधानमन्त्री श्रेष्ठ

    मेरो चीन भ्रमण लगानी र व्यापार प्रवद्र्धनका लागि हुनेछः उपप्रधानमन्त्री श्रेष्ठ

    1K
    Shares
    मेरो चीन भ्रमण लगानी र व्यापार प्रवद्र्धनका लागि हुनेछः उपप्रधानमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलवारबाट हुने आफ्नो चीन भ्रमण लगानी र व्यापार प्रवद्र्धनका लागि हुने बताएका छन् । आईतवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले चीनको सिचुआन प्रान्तस्थित छिन्दुमा आयोजना हुने ट्रेड इन्भेष्टमेण्ट सम्बन्धी एक्स्पोमा विशेष अतिथिको रुपमा आफू जान लागेको बताए । उनले छिन्दु नेपालबाट चीन प्रवेश गर्ने नाका भएकाले पनि आफू सो कार्यक्रममा सहभागी हुनुले आर्थिक समृद्धिको एजेण्डालाई केही राहत मिल्ने र लगानी भित्र्याउन सकिने आशा रहेको बताए ।

    उनले भने, ‘सिचुआन प्रान्तमा एउटा एक्स्पो गरिएको छ । छिन्दुमा एउटा एक्स्पोको आयोजना गरिएको छ, ट्रेड इन्भेष्टमेण्ट सम्बन्धी ।हाम्रो इन्भेष्टमेण्ट ट्रेडको बारेमा छलफल हुन्छ । किनभने छिन्दु चीन प्रवेशको नाका हो । हाम्रो अहिलेको प्रमुख एजेण्डा आर्थिक समृद्धि हो । त्यसैले लगानी र व्यापार प्रवद्र्धनका बारेमा छलफल हुन्छ ।’

    मन्त्री श्रेष्ठ आगामी मंगलवारबाट शुक्रवारसम्मका लागि चीन भ्रमणमा जाँदै छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend