काठमाडौं । प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले बजेटलाई संशोधन गरेर पारित गर्नुपर्ने बताएका छन् ।
सोमवारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य गैरेले बजेट असन्तुलित र अव्यवहारिक रहेको बताए ।
उनले बजेट जनपक्षिय समेत नभएको भन्दै बजेटलाई जनपक्षिय, व्यवहारिक र सन्तुलित बनाएर पारित गर्नुपर्ने बताए ।
उनले भने, ‘कम्तिमा यस पटकको सदनबाट दलहरु कमजोरी स्वीकार्न तयार छन् । सरकार कमजोरी स्वीकार गर्न तयार छ भन्नेकुरालाई आत्मसात् गर्दै यो बजेटलाई संशोधन गरेर जनपक्षिय, व्यवहारिक र सन्तुलित बनाएर पास गर्न यो सदन एकताबद्ध भएर प्रस्तुत हुन जरुरी छ । जसले देशलाई सकारात्मक सन्देश दिन्छ ।’