logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • लागुऔषध दुव्र्यसनीमा फसेकालाई अपराधीजस्तै व्यवहार गर्नु हुँदैन: तोसिमा कार्की

    लागुऔषध दुव्र्यसनीमा फसेकालाई अपराधीजस्तै व्यवहार गर्नु हुँदैन: तोसिमा कार्की

    1.2K
    Shares
    लागुऔषध दुव्र्यसनीमा फसेकालाई अपराधीजस्तै व्यवहार गर्नु हुँदैन: तोसिमा कार्की

    काठमाडौं । प्रतिनिधि सभा सदस्य तोसिमा कार्कीले लागुपदार्थ दुव्र्यसनीमा परेकाहरुलाई राख्ने सुधार गृहलाई स्वास्थ्य मन्त्रालय मातहतमा ल्याउनुपर्ने बताएकी छिन् ।

    उनले लागुपदार्थ दुव्र्यसनमा फसेकाहरुलाई अपराधीको जस्तो व्यवहार गर्नु नहुने बताइन् । उनले समस्याको समाधान मनोसामाजिक पाटोबाट गर्नुपर्ने बताइन् ।

    उनले भनिन्, ‘विश्व स्वास्थ्य संगठनले लागुपद्धार्थ दुव्र्यसनलाई रोगको रुपमा लिएको छ । तर हाम्रो परिवेशमा मुख्य समस्या भनेकै यसलाई मनोसामाजिक समस्या भन्दापनि अपराधको रुपमा मान्नु हो । आजसम्म पनि सुधार गृहहरु गृहमन्त्रालय अन्तर्गत छन् । अपराधी सरहमात्रै व्यवहार गर्ने हो भने यो समस्या बढीरहन्छ । लागुऔषध कारोबारी र प्रयोगकर्तालाई एउटै दृष्टिले हेर्न मिल्दैन । अधिकांश प्रयोगकर्ताहरु १६ वर्ष मुनिका, मुख्य समस्या साथीको संगतले र विभिन्न रोगहरु विशेषतः यौन रोग, एचआइभि, हेपाटाइटिसबाट ग्रस्त हुने देखिन्छ । मुलभुत यसको कारण मनोसामाजिक पाटो समाधान जरुरी छ । त्यसैले सुधार गृहहरुलाई स्वास्थ्य मन्त्रालय अन्तर्गत ल्याउन जरुरी छ । र बजेटमा पनि सुधार गृहहरुका लागि प्रोत्साहन आवश्यक छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend