logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • सभामुखमा अग्नि सापकोटा निर्बिरोध, उपसभामुखमा काँग्रेस र राजपाको भिडन्त

    सभामुखमा अग्नि सापकोटा निर्बिरोध, उपसभामुखमा काँग्रेस र राजपाको भिडन्त

    1.5K
    Shares

    सुनौलो नेपाल, काठमाडौं  सत्तारुढ नेकपाका नेता अग्‍नि सापकोटा सभामुखमा निर्विरोध भएका छन्। मंगलबार उम्मेदवारीका लागि निर्धारित समयमा अन्य दलबाट मनोनयन दर्ता नगरेपछि उनी निर्विरोध निर्वाचित हुने पक्‍का भएको हो।प्रतिनिधिसभा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राजपा र समाजवादी पार्टी नेपालबाट उम्मेदवारी नआएको संघीय संसद सचिवालयले जानकारी दिएको छ।प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सेतोपाटीलाई दिएको जानकारीअनुसार नेकपाबाहेक अन्य दलबाट सभामुखका लागि उम्मेदवारी परेको छैन।मंगलबार विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय दिइएको थियो। सभामुख निर्वाचनका लागि माघ १२ गते संसद बैठक बोलाइएको छ।

    सभामुखमा अग्निविरूद्ध अन्य दलबाट उम्मेदवारी नपरेपछि भोटिङ नहुने भएको छ। अग्निका प्रस्तावक नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र समर्थक देव गुरूङ, ओनसरी घर्तीमगर र राजपाका सांसद लक्ष्मणलाल कर्ण बोलेपछि जेष्ठ सदस्य महन्थ ठाकुरले सभामुखमा निर्विरोध अग्निप्रसाद सापकोटा निर्वाचित भएको घोषणा गर्नेछन्।

    उपसभामुखमा काँग्रेस र राजपाको टक्कर
    यता उपसभामुखमा भने काँग्रेस र राजपा दुवैले आफ्नो पोल्टामा पार्ने दाउ खेलेका छन् ।मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलबीच भएको भेटवार्ताले पनि उपसभामुखमा काँग्रेसले आफ्नो लबिंग थालेको प्रस्ट बुझ्न सकिन्छ । प्रचण्ड निवास खुमलटारमा मंगलबार प्रचण्ड र पौडेलबीच भेटवार्तामा। उपसभामुख काँग्रेसलाई प्रस्ताव गर्न आग्रह गरेका थिए । ‘सहकार्य गरेर जाउँ, सभामुखमा नेकपाको उम्मेद्वारी परेकाले अब उपसभामुख काँग्रेसलाई प्रस्ताव गर्दा राम्रो हुन्छ’ पौडेलले प्रचण्डसँग कुराकानीका क्रममा भनेका थिए । पौडेलको यस्तो प्रस्ताव सुनेका प्रचण्डले पार्टीमा छलफल गरेर अघि बढ्न आफु तयार रहेको जवाफ दिएका थिए ।

    अर्को तिर राष्ट्रियसभा निर्बाचनमा नेकपा र राजपाबीच बनेको गठबन्धनलाई कायम राख्ने भन्दै सभामुखमा अग्नि सापकोटाको समर्थकमा राजपा नेता लक्ष्मणलाल कर्णले समर्थन गरेपछि राजपालाई नेकपाले उपसभामुख प्रस्ताब गर्ने आशामा राजपा नेताहरु रहेका छन् ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend