logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • ओलीले बदनियतपूर्ण ढंगले जलहरी राखेका रहेछन्ः लेखनाथ दाहाल

    ओलीले बदनियतपूर्ण ढंगले जलहरी राखेका रहेछन्ः लेखनाथ दाहाल

    1.9K
    Shares
    ओलीले बदनियतपूर्ण ढंगले जलहरी राखेका रहेछन्ः लेखनाथ दाहाल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय गलत भएको बताएका छन् ।

    सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले जनता कोरोनाको मारमा परेको बेलामा औषधि उपचार गर्न समेत अफ्ठ्यारो रहेको अवस्थामा पशुपतिनाथमा सुनको जलहरी राख्ने निर्णय वस्तुगत र वास्तविकता भन्दा माथि रहेको बताए । उनले २ सय वर्षदेखि नियमित चाँदीको जलहरी लगाइरहेको ठाउँमा सुनको जलहरी लगाउनुपर्ने आफैँमा वस्तुगत निर्णय नभएको उनको दाबी छ ।

    उनले जलहरीको विषयमा निष्पक्षता कामय गरी अनुसन्धान हुनुपर्ने बताए । उनले जलहरी राख्नुको ध्येय स्वर्णाक्षरमा आफ्नो नाम लेखाउनु रहेको बताए । जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री लगायतको नाम स्वर्णाक्षरमा लेख्नुले तत्कालीन प्रधानमन्त्री ओलीको ध्येय प्रस्ट हुने बताए ।

    उनले भने, ‘मैले पशुपतिको जलहरीसँग सम्बन्धित विषयवस्तु उठान गरेको थिएँ । जतिबले जलहरी लगाउने निर्णय सरकारले गरेको थियो । केपी ओलीजीको सरकारले गरेको थियो, त्यो निर्णय आफैँमा वस्तुगत थिएन । किनभने कोरोनाको महामारी चलिरहेको बेलामा जनता खान नपाएर छटपटाइरहेका थिए । २ सय वर्षदेखि नियमित चाँदीको जलहरी लगाइरहेको ठाउँमा सुनको जलहरी लगाउनुपर्ने आफैँमा वस्तुगत निर्णय थिएन, मनोगत थियो । अनुसन्धान प्रक्रियामा निष्पक्षता कायम हुनुपर्छ । केपी ओलीजीले सुनको जलहरीमा आफ्नो नाम लेख्नुभएको छ । विद्या भण्डारीको नाम, भानुभक्त ढकालको नाम, लगायत धेरैको नाम लेख्नुभएको रहेछ । पशुपतिमा नाम लेखाउने रहर जागेर उहाँले लगाउनुभएको रहेछ । अख्तियारले हात हालिसकेपछि सबै विषय बाहिर ल्याउनुपर्छ । दाताहरुले दिएको पैसा कति छ ? त्यो पनि चाहिन्छ । बदनियतपूर्ण ढंगले सुनको जलहरी राखिएको रहेछ ।’

    सांसद दाहालले जलहरी बनाउन दाताहरुले दिएको रकम उल्लेख नगराइएको भन्दै सबै पक्षहरुको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग राखे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend