logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • तथ्यांकका आधारमा नीति निर्माण गरौँः सभामुख घिमिरे

    तथ्यांकका आधारमा नीति निर्माण गरौँः सभामुख घिमिरे

    903
    Shares
    तथ्यांकका आधारमा नीति निर्माण गरौँः सभामुख घिमिरे

    काठमाडौं । सभामुख देवराज घिमिरेले तथ्यांकका आधारमा सरकारले नीति निर्माण गर्न आवश्यक रहेको बताएका छन् । सोमवार राष्ट्रिय तथ्यांक कार्यालयले बुझाएको ‘राष्ट्रिय जनगणना २०७८’ को नतिजा संसद भवन नयाँ बानेश्वरमा ग्रहण गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

    उनले राज्यका हरेक नीति तथा कार्यक्रम बनाउँदा तथ्याङ्क कार्यालयले संर्वेक्षण गरेको तथ्याङ्क उपयोगी हुने बताए । उनले राज्यको नीति तथा कार्यक्रम तय गर्दा तथ्य तथ्यांक जरुरत पर्ने बताए । उनले पछिल्लो जनगणना प्रतिवेदन तथ्याङ्क कार्यालयले जरोमा पुगेर सर्वेक्षण गरेको पाएको बताए । सभामुख घिमिरेले २०६८ भन्दा धेरै वस्तुवादी तथ्यांक आएको भन्दै राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन नीति निर्माताका लागि सहयोगी हुने बताए ।

    उनले पछिल्लो जनगणनाको तथ्यांकले हिमाल र पहाड रित्तिँदै गएको देखाएकोमा चिन्ता व्यक्त गरे । उनले हिमाल र पहाड रित्तिँदै गइ तराई वा शहरमा बसाईंसराइको असर सामाजिक र राजनीतिक दुवैतर्फ पर्ने धारणा राखे । उनले तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको जनसंख्याको आधारमा अब आउने निर्वाचनमा जनसंख्याको आधारमा क्षेत्र निर्धारण गर्दा पहाडमा क्षेत्र घट्ने र तराई तथा शहरमा क्षेत्र बढ्नसक्ने देखिएको बताए ।

    उनले भने,‘संसदका विभिन्न समितिहरु रहेका छन् । जसमा स्वास्थ्य समिति जनसंख्याको रुपमा कस्तो छ । विगत र अहिलेसम्म आउँदा जनसंख्याको तथ्यमा आधारित कति छ । यसले सामाज र राजनीतिमा पार्ने असरहरु के हुन् । राज्यको नीति निर्माणमा पर्ने असरहरु के हुन् । अब आउने निर्वाचनमा जनसंख्याको आधारमा क्षेत्र निर्धारण गर्दा पहाडमा क्षेत्र घट्ने र तराई तथा सहरमा क्षेत्र बढ्नसक्ने भन्नेछ । १६५ को प्रत्यक्ष निर्वाचनको क्षेत्रमा कसरी जाने भन्ने कुराहरु देखाएको छ । यो तथ्याङ्क आवश्यकता अनुसार छलफल मात्रै नभएर नीति निर्माण बनाउनमा लगाउनेछु । तथ्याङ्कमा आएका तथ्याङ्का आधारमा राज्यको नीतिहरु कस्तो बनाउने र महत्व केमा दिने भन्ने हुन्छ । त्यो बाहेक शहर गाउँको अन्तर,अस्थायी व्यवसाय र अस्थायी बसोवासको ट्रेण्डलाई हामीले यो अवस्थामा जान्छौं भन्ने कुरा निर्धारण गर्न सकिन्छ ।’

    राष्ट्रिय जनगणना सफल बनाएकोमा सभामुख घिमिरेले राष्ट्रिय तथ्यांक कार्यालयलाई धन्यवाद दिए । २०७९ साल चैत १० गते सार्वजनिक भएको नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend