काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभाको बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् ।
प्रधानमन्त्रीले विनियोजन विधेयक २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यलय एवम् उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथि छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डको जवाफपछि सभामुखले खर्च कटौतीबारे विभिन्न सांसदले राखेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । त्यसपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
संसद् बैठक अहिले बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्दै छ ।