काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विकासको तुफान आइसक्यो भनेर अहिले नै दाबी नगरिसकेको तर अहिलेकै तरिकाले काम गर्दै गए चाँडै तुफान आउनसक्ने बताएका छन् ।
प्रधानमन्त्री कार्यालयको बजेट शिर्षकमाथि भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिएपछि एमाले प्रमुख सचेतक पदम गिरीले विकासको तुफान आइसक्यो भनेजसरी प्रस्तुत भएको विषयमा प्रश्न गरे ।
सोही प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सबैले दृढ इच्छा शक्तिका साथ सुशासन र विकासका निम्ति काम गर्ने हो भने असम्भव नभएको भन्न खोजेको बताए ।
प्रधानमन्त्रीले निराशा, कुण्ठा, अविश्वास र आशंका होइन, विश्वास र दृढताका निम्ति अपील गरेको बताउँदै उनले भने, ‘तुफान आइसकेको छैन । तर मलाई के लाग्छ भने अहिले जसरी काम सुरु भएको छ, त्रिदेशीय साझेदारी, १० हजार मेगावाट १० वर्षमा या अरु थुप्रै कामहरु जसरी सुरु भएका छन्, ती सबै अगाडि जाने हो भने तुफान आउन चाहिँ सक्छ छिट्टै ।’ उनले भने ।