logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सरकारले ल्याएको बजेटको स्रोत नै विश्वसनीय छैनः एमाले सांसद गैरे

    सरकारले ल्याएको बजेटको स्रोत नै विश्वसनीय छैनः एमाले सांसद गैरे

    2.3K
    Shares
    सरकारले ल्याएको बजेटको स्रोत नै विश्वसनीय छैनः एमाले सांसद गैरे

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा स्रोतहरुनै विश्वसनीय नभएको दावी गरेका छन् ।

    बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकमा आर्थिक विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् । सांसद गैरेले खर्चको अनुमान र स्रोतहरुनै तथ्यपरक नभएकाले सो बजेटले लिएका कुनै पनि लक्ष्य पूरा हुन नसक्ने जिकीर गरे । बजेटले महंगी बढने, कालाबजारी बढ्ने उनको भनाई थियो ।

    सांसद गैरेले भने, ‘यो सरकारले गरेका खर्चका अनुमानहरुनै तथ्यपरक छैनन् । प्राप्त गर्ने स्रोतहरु पनि विश्वसनीय छैनन् । अर्कोतर्फ यो गरिएको अनुमान नै गलत छ भनेपछि त्यसले दिने निष्कर्ष पनि स्वभाविक रुपले गलत हुनेछ भन्ने मलाइ लाग्छ । त्यसकारणले यसबाट कुनै उपलब्धि हासिल गर्न सक्ने देखिदैन । र, यसले जुन अनुमानित ६ प्रतिशत लक्ष्य लिएको छ । त्यो प्राप्त हुने देखिदैन भन्ने कुरा म राख्न चाहन्छु । ’

    सांसद गैरेले बजेटले आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिदर गर्ने सरकारको लक्ष्य प्राप्त नहुने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend