गण्डकी । गण्डकी प्रदेश सरकारको अगुवाइमा आज सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा हुने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले भेलाको उद्घाटन गर्ने तय भएकाे गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्यालले जानकारी दिइन् ।
मुख्यमन्त्रीहरूबीच छलफल एवं अन्तक्र्रिया हुने उनले बताइन् । भेलामा अन्तरप्रदेशबीचको अनुभव आदान–प्रदान, प्रदेशले संविधानतः पाउनुपर्ने अधिकारलगायत विषयमा छलफल हुने बताइएको छ ।
यसअघि मुख्यमन्त्रीको भेला गत जेठ १० गते गर्ने तय भए पनि प्रधानमन्त्री दाहालको व्यस्तताका कारण स्थगित भएको थियो ।
भेला दोस्रोपटक गर्न लागिएको हो । पहिलोपटक २०७५ भदौ २१ र २२ गते गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पहलमा भेला भई आठ बुँदे घोषणापत्रसमेत जारी गरिएको थियो ।