logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • सवारी तथा यातायात व्यवस्था नवौं संशोधन नियमावली, २०८० स्वीकृत

    सवारी तथा यातायात व्यवस्था नवौं संशोधन नियमावली, २०८० स्वीकृत

    1.8K
    Shares
    सवारी तथा यातायात व्यवस्था नवौं संशोधन नियमावली, २०८० स्वीकृत

    काठमाडौं । सरकारले मन्त्रीपरिषद्को विधेयक समितिबाट पेस भएको सवारी तथा यातायात व्यवस्था नवौं संशोधन नियमावली, २०८० स्वीकृत गरेको छ ।

    असार १२ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय आज (शुक्रवार) सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताएकी हुन् ।

    त्यस्तै, सरकारले संयुक्त राष्ट्रसंघको इकोनोमिक एण्ड सोसल काउन्सिलको आयोजनामा न्युयोर्कमा हुने हाइ लेभलको पोल्टिकल फोरम एण्ड सस्टेनेबल डेभलपमेण्ट विषय कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठ नेतृत्वमा समिति गठन गरेको छ ।

    त्यस्तै, २०८० असार २४ देखि २५ गतेसम्म चीनको बेइजिङमा आयोजना हुने फोरम एण्ड ग्लोवल एक्शन से डेभलपमेन्ट सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठलाई स्वीकृत दिने, रास्कोट नगरपालिका नडा नम्बर ६ कालिकोट,नरहरीनाथ गाउँपालिका वडा नम्बर २ कालिकोट,राप्ती सुन्दरी गाउँपालिका वडा नम्बर ४ बाँके,रम्बा गाउँपालिका वडा नम्बर ३ पाल्पा,सितगंगा नगरपालिका वडा नम्बर १३ अर्घखाँची,जगरनाथपुर पाउँपालिका वडा नम्बर ५ पर्सा र महागढीमाई नगरपालिका वडा नम्बर ५ बारा गरी सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने, २०८० साल साउन ८ देखि १० गतेसम्म संयुक्त अबर इमिरेष्ट अबुदाबीमा हुने अन्तर्राष्ट्रिय सौर्य संगठन आइएसए क्षेत्री समितिको पाँचौं बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रीलाई सहभागी हुन स्वीकृत दिने निर्णय गरेको छ ।

    त्यस्तै, सरकारले रुपन्देही जिल्ला साविक खुदाबगार गा.वि.सको ०१६१० विगा सरकारी जग्गा सुधाबागर आर्दश कलेजलाई भाडामा दिन स्वीकृत दिने, सिराहा जिल्ला साविकको लभकुली गा.वि.सको १ विगा १० कट्ठा जग्गा कर्जना नगरपालिकालाई १५ शैय्याको अस्पताल निर्माण गरी सञ्चालन गर्न स्वीकृत दिने,ललितपुर जिल्ला साविक र्झराराशी गा.वि.सको ९ हजार ५०० रोपनी सरकारी जग्गामध्ये ४ हजार १३३ रोपनी सार्वजनिक प्रकृतिको जग्गा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई अस्पताल भवन निर्माण गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

    मन्त्री शर्माले सरकारले सार्वजनिक सडक सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको अवधारणा पत्र अनुसार कानून तर्जुमा गर्न स्वीकृति दिने, अजरबैजानको बाकोमा मिति असार २० र २१ मा आयोजना हुने असंग्लन राष्ट्रहरुको मन्त्री स्तरिय बैंठक र २०८० असार १८ र १९मा आयोजना हुने उच्च अधिकारीको बैठकमा नेपालको नेतृत्व गर्न परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने, जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ क बमोजिम गुर्वाकोट नगरपालिका सुर्खेत, मंगला गाउँपालिका म्याग्दी, चैनपुर नगरपालिका संखुवासभा, गुजरा नगरपालिका रौतहट, मुसीकोट नगरपालिका गुल्मी र मालिका गाउँपालिका म्याग्दीको परियोजनाको लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने, २०८० साल असार २० गतेदेखि २२ गतेसम्म गणतन्त्र कोरियाको बुसाममा आयोजना हुने २०२३ ग्लोवल मिटिङमा सहभागी हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने निर्णय भएको पनि बताइन् ।

    उनले भनिन्, ‘संयुक्त राष्ट्रसंघको इकोनोमिक एण्ड सोसल काउन्सिलको आयोजनामा न्युयोर्कमा हुने हाइ लेभलको पोल्टिकल फोरम एण्ड सस्टेनेबल डेभलपमेण्ट विषय कार्यक्रममा सहभागि हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठ नेतृत्व गठन गर्ने निर्णय भएको छ ।
    २०८० असार २४ देखि २५ गतेसम्म चीनको बेइजिङमा आयोजना हुने फोरम एण्ड ग्लोवल एक्शन से डेभलपमेन्ट सहभागि हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठलाई स्वीकृत दिने ।

    रास्कोट नगरपालिका नडा नम्बर ६ कालिकोट,नरहरीनाथ गाउँपालिका वडा नम्बर २ कालिकोट,राप्ती सुन्दरी गाउँपालिका वडा नम्बर ४ बाँके,रम्बा गाउँपालिका वडा नम्बर ३ पाल्पा,सितगंगा नगरपालिका वडा नम्बर १३ अर्घखाँची,जगरनाथपुर पाउँपालिका वडा नम्बर ५ पर्सा र महागढीमाई नगरपालिका वडा नम्बर ५ बारा गरी सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय भएको छ ।

    २०८० साल साउन ८ देखि १० गतेसम्म संयुक्त अबर इमिरेष्ट अहुदायीमा हुने अन्तर्राष्ट्रिय सौर्य संगठन आइएसए क्षेत्री समितिको पाँचौं बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रीलाई सहभागि हुन स्वीकृत दिने निर्णय भएको छ ।

    रुपन्देही जिल्ला साविक खुदाबगार गा.वि.सको ०१६१० विगा सरकारी जग्गा सुधाबागर आर्दश कलेजलाई भाडामा दिन स्वीकृत दिने निर्णय भएको छ ।

    सिराहा जिल्ला साविकको लभकुली गा.वि.सको १ विगा १० कट्ठा जग्गा कर्जना नगरपालिकालाई १५ सौयाको अस्पताल निर्माण गरी सञ्चालन गर्न स्वीकृत दिने,ललितपुर जिल्ला साविक र्झराराशी गा.वि.सको ९ हजार ५०० रोपनी सरकारी जग्गामध्ये ४ हजार १३३ रोपनी सार्वजनिक प्रकृतिको जग्गा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई अस्पताल भवन निर्माण गर्न स्वीकृत दिने ।

    सार्वजनिक सडक सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको अवधारणा पत्र अनुसार कानून तर्जुमा गर्न स्वीकृति प्रदान गर्ने ।

    अजरबैजानको बाकोमा मिति असार २० र २१ मा आयोजना हुने असंग्लन राष्ट्रहरुको मन्त्री स्तरिय बैंठक र २०८० असार १८ र १९मा आयोजना हुने उच्च अधिकारीको बैठकमा नेपालको नेतृत्व गर्न परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको छ ।

    जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ क बमोजिम गुर्वाकोट नगरपालिका सुर्खेत, मंगला गाउँपालिका म्याग्दी, चैनपुर नगरपालिका संखुवासभा, गुजरा नगरपालिका रौतहट, मुसीकोट नगरपालिका गुल्मी र मालिका गाउँपालिका म्याग्दीको परियोजनाको लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने ।

    २०८० साल असार २० गतेदेखि २२ गतेसम्म गणतन्त्र कोरियाको बुसाममा आयोजना हुने २०२३ ग्लोवल मिटिङमा सहभागी हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिएको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारी, बर्दियालाई नियुक्त गर्ने निर्णय भएको छ । मन्त्रीपरिषद्को विधेयक समितिबाट पेस भएको सवारी तथा यातायात व्यवस्था नवौं संशोधन नियमावली, २०८० स्वीकृत गरिएको छ ।’

    मन्त्री शर्माले सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय भएको पनि बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend