सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

भक्तपुरमा ग्याँस लिक भएर आगलागी हुँदा गम्भिर घाइते एक जनाको मृत्यु

भक्तपुरमा ग्याँस लिक भएर आगलागी हुँदा गम्भिर घाइते एक जनाको मृत्यु

काठमाडौं । भक्तपुरमा ग्याँस सिलिण्डर लिक भई भएको आगलागी हुँदा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका–९ पलासेका ३३ वर्षीय रामकुमार सार्कीको ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

मृतक सार्की यही असार १ गते आफ्नै घरमा ग्याँस लिक भएर आगलागी हुँदा जलेर सख्त घाइते भएका थिए । आज बिहान कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend