सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्नुपर्छः सभामुख घिमिरे

सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्नुपर्छः सभामुख घिमिरे

????????????????? ??????????? ???? ?????????????? ?????? ???????? ?????????? ??????? ?????????? ???????? ?????????? ?????????????? ?????? ?????? ?????? ? ??????: ???? ?????? / ????

काठमाडौं । सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्नु नहुने बताएका छन् ।

शनिवार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सञ्चार क्षेत्रको महत्व धेरै रहेको बताउँदै सञ्चार क्षेत्रलाई कुण्ठित गर्नेकुरा लोकतन्त्रमा स्वीकार्य हुन नसक्ने बताए ।

उनले सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्ने काममा लाग्नुपर्ने बताए । उनले सञ्चारमाध्यमको महत्व बढाउने, ठिक दिशामा लैजाने र समाजवाद निर्माणको बाटो देखाउन सञ्चार क्षेत्रले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए ।

उनले भने, ‘सञ्चार क्षेत्रको महत्व धेरै छ, सञ्चार क्षेत्रलाई कुण्ठित गर्नेकुरा लोकतन्त्रमा न सैद्धान्तिक रुपबाट न दार्शनिक, न व्यवहारिक न अहिलेको हाम्रो अवस्थाको रुपबाट जरुरी छैन । तर यसमा भएका विकृतिहरुलाई नियन्त्रण गर्ने काममा लाग्नुपर्छ, ठिक दिशा निर्देशन गर्ने, यसको महत्व बढाउने, समाजवाद निर्माण गर्ने बाटो देखाउने कुरा महत्वपूर्ण छ । संसदका सभामुख, अध्यक्ष, उपसभामुख, उपाध्यक्षहरुको भुमिकालाई सही दिशा निर्देश गर्नेकुरामा यहाँहरुको भुमिका रहनेछ ।’

सभामुख घिमिरेले सभामुखको भुमिका प्रभावकारी बनाउन र संसदलाई प्रभावकारी एवं व्यवस्थित रुपमा सञ्चालन गर्नेकुरामा आफूले महत्वपूर्ण भुमिका खेल्नेकुरामा बढी ध्यान दिने बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend