logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • गगन थापा भन्छन्– काँग्रेस बदल्नका लागि महामन्त्री पद त्याग गर्न पनि तयार छु

    गगन थापा भन्छन्– काँग्रेस बदल्नका लागि महामन्त्री पद त्याग गर्न पनि तयार छु

    938
    Shares
    गगन थापा भन्छन्– काँग्रेस बदल्नका लागि महामन्त्री पद त्याग गर्न पनि तयार छु

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस बदल्ने अभियानमा आफू लागि परेको बताएका छन् ।

    एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले कांग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीहरु आज एकसाथ संकटमा पर्न गएको उल्लेख गर्दै उनले आफूले व्यक्तिको नभई पार्टीनै बदल्ने कुरा गरेको बताए ।

    नेपाली काँग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले डेमोक्रेसीमा एउटै व्यक्ति पटक–पटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको दावी समेत गरे ।

    उनले कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको घोषणा गरे । दाग लागेको कांग्रेसको महामन्त्री बन्नुभन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको उनको भनाई थियो । महामन्त्री थापाले काँग्रेस बदलिए मात्रै देश बदलिने भएकाले काँग्रेस बदल्ने अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।

    उनले भने, ‘संसारमा एउटा त्यस्तो देश मलाई बताई दिनुस्, जुन देशमा व्यक्ति, एउटा नेता ५ पटक, ६ पटक प्रधानमन्त्री भएको देश मलाई बताईदिनुस् । कहीँ हुँदैन । कुनै डेमोक्रेसीमा हुँदैन । नेपालमा आज किन पुरानो पार्टी संकटमा छन, थाहा छ ? काँग्रेस, एमाले, माओवादी पार्टी सबै एकसाथ संकटमा पर्नुको थुर्पै कारण मध्येको मूल कारण भनेको ती पार्टीको नेताहरु खासगरी पार्टीहरु जमेको पोखरी जस्तो भयो । कुनै व्यक्तिको दोष होइन । तर यस्तो कहीँ हुन्छ ? २० वर्षदेखि, २५ वर्षदेखि, ३० वर्षदेखि नेता नबदल्ने कुनै पनि पार्टी हुँदैन । सबै ठाउँमा हुन्छ । यो डेमोक्रेसीमा कि लगातार चुनाव जितेको जित्यै हुन्छ । पार्टीहरु त्यसरी बन्दैन । पोलिटिक्समा पनि एक्जिटको व्यवस्था गरिएको हुन्छ । हामी कहाँ एक्जिटको व्यवस्था गरिएन । आन्दोलनको बेलामा पनि एक्जिट हुँदैन । म उमेरको पनि कुरा गर्दिन । काँग्रेसमा हामीभन्दा पनि पाको एकसेएक जोश भएको, सोच भएको नेताहरु हुुनुहुन्छ । हामी अमेरिकाको बाईडेनको कुरा गर्छौं । उमेर पनि होइन । त्यही अमेरिकामा एउटा व्यक्ति दुई पटक भन्दा बढि राष्ट्रपति नहुने परम्परा पनि छ नि त । प्रत्येक देशले केही न केही परम्परा बनाएको हुन्छ । कि दुई पटक भन्दा बढि राष्ट्रपति हुँदैन । बेलामा व्यक्ति चुनाव लडछ । चुनाव लडदै गर्दा पार्टीले संसदीय दलको नेता छान्छ । उसको नेतृत्वमा पार्टी चुनावमा जान्छ । पार्टीे बहुमत ल्याएन भने त्यो मान्छे भोलीपल्टबाट राजनीतिमा बस्दै बस्दैन । एक पटक प्रधानमन्त्री छोडेपछि ऊ फर्केर प्रधानमन्त्री हुन आउँदैन बेलायतमा । प्रत्येक देशले यस्तो केही न केही परम्परा बनाएका छन के । पद्धति बनाएका छन । अनि मात्र डमोक्रेसी चल्छ । अनि नेपालमा त्यो परम्परा बसाउनु परेन । नेपालमा त्यो परम्परा कसले बसाउँछ ? अनि यो परम्परा र थिति बसाउने पार्टी काँग्रेस होइन ? अनि काँग्रेसले थिति बसाउनु परेन ? कहिले काँही व्यक्ति कुरा ग¥यो भन्छन मान्छेहरु । व्यक्तिगत कुरा गरेको होइन । मैले नेपाली काँग्रेस भित्र भोली मेरो हकमा पनि त्यो कुरा लागू हुन्छ । मैले नेपाली काँग्रेस भित्र विधि बसाल्ने, थिति बसाल्ने कुरा गरेको हो । किन एउटै व्यक्ति ५ पटक, ६ पटक प्रधानमन्त्री बन्ने ? उत्तर के हो त्यसको । यो कुनै गुटको कुरा होइन । कुनै आदरको कुरा होइन । सुरु गरौ न । खुला छलफल गरौं । नयाँ परम्परा र थिति बसाल्ने कुरा नगर्ने ? यो गर्‍यौं भने मलाई अहिलेपनि के विश्वास छ भने कोही साथीहरु आत्तिनु पर्र्दैन । अघि नै यहाँ चर्चा भएको छ । आजको दिनमा नेपाली काँग्रेसले आत्मनिन्दा गरेर, काँग्रेस सक्कियो भनेर छाति पिटेर, रोएर, कराएर, बौलाएर हिँडेर पनि केही हुँदैन । सक्किएको छैन । कसैले सक्काएर सकिदैन । राजाले सकेन, माओवादीले सकेन । बन्दुकले सकेन । कसले सक्छ ? सकिन्छ यो ? त्यसैले यो आत्मा निन्दा गरेर पनि नहिँडौं । हामीलाई कसैले सक्दैन भन्ने त्यो अहंकार पनि नराखौं । नेपाली काँग्रेसले आत्म निन्दा गरेर पनि हुँदैन । अहंकार पालेर पनि हुँदैन । काँग्रेसले आजको दिनमा गर्नुपर्ने भनेको आत्मा अवलोकन हो । आफ्नो बारेमा समिक्षा गर्नु प¥यो । काँग्रेस बदलियो भने बदलिएको काँग्रेसले देश बदल्छ हेर्नोस् । यो देश बदल्नै पर्छ । बदलिएको काँग्रेसले मात्रै यो काम गर्न सक्छ । तर काँग्रेस बदल्न हामी प्रत्येक बदलिन तयार हुनुपर्छ । म बदलिन तयार छु । म बदलिन तयार छ भनेको मैले पटकपटक भनेको छु–दाग लागेको काँग्रेसको महामन्त्री हुनु भन्दा सफा काँग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ । त्यो बदलिन म तयार हो । सबै तयार हुनुपर्छ । ’

    महामन्त्री थापाले कांग्रेस सक्कियो भनेर नआत्तिन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दै आफू बदलिएर देश बदल्ने अभियानमा काँग्रेस जुट्नुपर्ने बताए । उनले गठबन्धन सरकार परिवर्तन हुन सक्ने भएपनि काँग्रेसले सर्तसहित सरकारमा सहभागी हुने गरी नीतिगत निर्णय गरेर अघि बढ्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend