सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

बारामा भारतीय ट्रकसहित २ सय ६२ किलो अवैध लागूऔषध गाजा बरामद

बारामा भारतीय ट्रकसहित २ सय ६२ किलो अवैध लागूऔषध गाजा बरामद

बारा। प्रहरीले बाराको जितपुर सिमरा उप–महानगरपालिका–७ बाट ठूलो परिमाणमा लागु औषध बरामद गरेको छ ।

बाराका एसपी होबिन्द्र बोगटीका अनुसार जितपुर सिमरा उप–महानगरपालिका स्थित जितपुर– वीरगन्ज सडक खण्डमा पार्किङ गरेर राखेको भारतीय नम्बरको ट्रकबाट २ सय ६२ केजी गाँजा बरामद गरिएको हो ।

विशेष गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरीले ट्रकमा खानतलासी गरेको थियो । असार १४ मा मकवानपुरबाट वीरगन्ज तर्फ जाँदै गरेको ट्रक चालकले जितपुर–वीरगन्ज सडकमा पार्किङ गरेर छाडेका थिए ।

बिआर–२५ जिए १४५८ नम्बरको ट्रकको छतभन्दा तलको भागमा गाँजा कारोबारीले फल्ट बटन बनाएर गाँजा लोड गरेका थिए । वीरगन्ज भन्सारबाट खाली नेपाल तर्फ आएको सो ट्रक गाँजा लिनकै लागी मकवानपुर पुगेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ ।

एसपी बोगटीले ट्रक चालक र धनीको खोजी भइरहेको जानकारी दिए । गाँजा तस्करले सो गाँजा भारत तर्फ लैजान लागेको प्रहरीले आशंका गरेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend