बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

आज श्री एयरलाइन्सका सबै उडान स्थगित

आज श्री एयरलाइन्सका सबै उडान स्थगित

काठमाडौं । आज श्री एयरलाइन्सका सबै उडान स्थगित हुने भएका छन् ।

श्री एयरलाइन्स प्रालिले आइतबारका लागि पूर्व निर्धारित सबै उडानहरू स्थगित गरेर विमान परीक्षण गर्ने भएको हो ।

एयरलाइन्सले शनिबार जारी गरेको प्रेस नोट अनुसार आइतबारका सबै उडान स्थगित गरिएको छ ।

एयरलाइन्सका सबै उडान स्थगित गरी आइतबार दिनभर कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको हो।

सोमबारदेखि भने सबै उडान नियमित रूपमा सञ्चालन हुनेछन् ।

शनिवार काठमाडौंबाट धनगढीका लागि दिउँसो ३ः३० बजे उडेको विमानमा प्राविधिक समस्या आएको थियो । धनगढी उडेको सो विमान पुनः काठमाडौं नै फिर्ता गरी अवतरण गराइएको थियो ।

सो घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय लिएको श्री एयरलाइन्सले जनाएको छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend