काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट भएको छ ।
आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटघाट भएको हो ।
भेटघटका क्रममा अध्यक्ष राउतले सरकारसँग फरक मत रहेकाले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका थिए ।
तर प्रधानमन्त्री प्रचण्डले माग पूरा गर्ने प्रतिबद्ध रहेको बताउँदै रोजेकै मन्त्रालय दिन आफूँ तयार गरेको बताएका प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।
जनमत पार्टीले आफूहरूले रोजेको भौतिक पूर्वाधार मन्त्रालय नपाएपछि सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको थियो।