logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

    प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

    882
    Shares
    प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

    काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ ।

    आइतबार बसेको प्रतिनिधि सभाको बैठक बसेको केही मिनेटमै सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन्।

    सभामुख घिमिरेले आजको बैठकमा शून्य समयमा बोल्ने कार्य सूची नरहेको जानकारी गराएका थिए।

    उनले त्यसपछि प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेलाई विधेयक पेश गर्न अनुमति प्रदान गरेका थिए ।

    ‘अब प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेलाई राष्ट्रसभामा उत्पत्ति भएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०को सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबल गर्न अनुमति दिन्छु,’ सभामुखले भनेका थिए ।

    विधेयक टेबल गरेपछि उनले अर्को बैठक १५ मिनेटपछि सुरू गर्ने जानकारी गराए ।

    ‘आजको कार्यसूचीको क्रमसंख्या २ देखि ६ सम्मको कार्यक्रम अर्को बैठकको लागि सारेको व्यहोरा जानकारी गराउँछु। प्रतिनिधि सभाको आज १५ मिनेटपछि बस्नेगरी स्थगित हुन्छ,’ उनले जानकारी दिँदै भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend