शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

स्कुटर दुर्घटना हुँदा भक्तपुरमा बाबुको मृत्यु, छोरी घाइते

स्कुटर दुर्घटना हुँदा भक्तपुरमा बाबुको मृत्यु, छोरी घाइते

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका७ गुण्डु तिनधारेमा स्कुटर दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।

बा. ९३ प ५८८१ नम्बरको स्कुटर दुर्घटना हुँदा भक्तपुरको सूर्यविनायक नगरपालिका– ६ पाण्डुबजार बस्ने ४५ वर्षीय कृष्ण कुमार त्वाटीको ज्यान गएको हो ।

उनको डा. इवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा गएराति करिब साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए । कृष्णकुमारले चलाएको स्कुटर आफैं अनियन्त्रित हुँदा दुर्घटना भएको थियो ।

स्कुटरको पछाडि बसेकी कृष्णकुमारकी छोरी १९ वर्षीया अनिता त्वाटी दुर्घटनामा सामान्य घाइते भएकी छन् । उनको उपचार गरी रिफर भई सकेको बताइएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend