logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • वामपन्थी शक्ति एकजुट हुन आवश्यक छ: प्रधानमन्त्री प्रचण्ड

    वामपन्थी शक्ति एकजुट हुन आवश्यक छ: प्रधानमन्त्री प्रचण्ड

    1K
    Shares
    वामपन्थी शक्ति एकजुट हुन आवश्यक छ: प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आमनेपाली र श्रमिक वर्गको हितका लागि सबै वामपन्थी शक्ति एकताबद्ध हुन आवश्यक रहेको बताएका छन् ।

    कम्युनिष्ट पार्टीका संस्थापक स्व नारायणविलास जोशीको ३४औँ स्मृति दिवसका अवसरमा आज आयोजित नारायणविशाल जोशी स्मृति प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन तथा जोशीको पूर्णकदको प्रतिमा अनावरण कार्यक्रममा उनले विगतका कमीकमजोरीको समीक्षा गर्दै फेरि नेकपातिरै फर्कनुपर्ने धारणा राखे ।

    विश्वको कम्युनिष्ट आन्दोलन एकता, सङ्घर्ष विभाजनबाट गुज्रिँदै अगाडि बढेको उदाहरण दिँदै उनले यसअघिको एकताको असफलताबाट पाठ सिकेर कम्युनिष्ट एकता गर्न सबै लाग्नुपर्ने बताए।

    ‘एमाले र माओवादी केन्द्रबीचको एकताबाट नेकपा बनेपछि, आमजनतामा ठूलो उत्साह आयो, प्रतिक्रान्ति आतङ्कित भयो, तर दुर्भाग्य त्यो एकतालाई बचाउन सकेनौँ, यसप्रति म कसैलाई दोषारोपण गर्न चाहन्न । त्यतिबेला कहाँनिर हाम्रो विचार, राजनीति, आचरण, चिन्तन, संस्कृति, भावना कहाँनिर त्रुटि भयो, त्यसको गम्भीर समीक्षा गर्दै त्यसबाट शिक्षा लिएर एकताबद्ध भएर जानुपर्छ’, उनले भने ।

    उनले तत्कालीन समयमा आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छिटोभन्दा छिटो कम्युनिष्टसँग एकता गर्दै देशलाई आर्थिक समृद्धितर्फ, समाजवादतर्फ लैजान सकिन्छ भनेको स्मरण गरे । ‘कम्युनिष्ट एकता गरेपछि झण्डै दुई तिहाइ मत पनि प्राप्त भयो तर हामीले त्यसलाई जोगाउन सकेनौँ’, उनले भने।

    उनले समाजवादी मोर्चा गठन वामपन्थी एकताको सुरुआत भएको बताए। उनले माधव नेपाल र आफूबीच फेरि नेकपातिर फर्केर पार्टीलाई एकताबद्ध गर्नुपर्छ भन्नेमा समझदारी भएको समेत उनको भनाइ छ ।

    ‘अहिले म, माधवकुमार नेपाल, विप्लब र उपेन्द्र यादव समेतले समाजवादी मोर्चा बनाएर वामपन्थीलाई एकताबद्ध गर्ने पहल सुरु गरेका छौँ’, उनले भने।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend