logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • नेपाल एयरलाईन्सका दुई दर्जन पाईलटको सामुहिक राजिनामा, बेखबर छ मन्त्रालय !

    नेपाल एयरलाईन्सका दुई दर्जन पाईलटको सामुहिक राजिनामा, बेखबर छ मन्त्रालय !

    2.9K
    Shares

    सुनौलो नेपाल,  काठमाडौं  नेपाल एयरलाइन्सका दुई दर्जन बढी पाइलटले सामूहिक राजिनामा दिएका छन्। सेवा सुविधामा विभेद गरिएको भन्दै एयरलाइन्सका २५ जना पाइलटले बिहीबार साँझ व्यवस्थापन समक्ष राजीनामा बुझाएका हुन्। सामूहिक राजीनामा दिने पाइलटहरुले काम बढी नेपालीलाई र सुविधा बढी विदेशीलाई दिएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए।

    विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै तीन महिनाको समयसीमा दिँदै राजीनामा दिएको एक पाइलटले बताए। विदेशी पाइलटले चोखो १५ लाख तलब बुझ्छन् भने नेपालीले ५ लाख तलब पाउँदै आएका छन्। त्यसमा पनि पछिल्लो समय बिना जानकारी एक लाख काट्ने गरिएको उनले बताए।

    यता सम्बन्धित पर्यटन मन्त्रालय स्रोतले भने राजीनामाबारे अनबिज्ञता प्रकट गरेको छ शुक्रबार बिहान ११ बजे सम्म पाईलटको सामुहिक राजिनामा बारे मन्त्रालयमा कुनै जानकारी आएको छैन पर्यटनमन्त्रीका स्वकीय सचिब प्रेम गुरागाईले सुनौलो नेपालसंग भने औपचारिक रुपमा मन्त्रालयमा राजीनामा पत्र आएपछि बल्ल कसरी अघि बढ्ने भन्ने योजना बनाउने बताए ।

    बाँकी सबै पाईलटको राजिनामा पनि आउदै 

    सेवा सुविधामा विभेद गरिएको भन्दै एयरलाइन्सका २५ जना पाइलटले बिहीबार साँझ व्यवस्थापन समक्ष राजीनामा दिएपछि बाँकी रहेका सबै १५ जना पाईलटले पनि सामुहिक राजिनामा दिने तयारीमा रहेका छन।

    विदेशी पाइलटले पाउने तलबको कर समेत नेपाल एयरलाइन्सले तिरिदिने गरी सुविधा दिएको छ। विदेशी पाइलटले ४६ घण्टा र नेपाली पाइलटले ९८ घण्टा काम गर्दा पनि समान ज्याला त्यसमा पनि विदेशी पाइलटको सरकारले आफैंले कर तिरिदिने गरेको पाइलटहरूको गुनासो रहेको छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend