logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नेप्से परिसूचक २१.३२ अंकले गिरावट

    नेप्से परिसूचक २१.३२ अंकले गिरावट

    1.2K
    Shares
    नेप्से परिसूचक २१.३२ अंकले गिरावट

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आईतवार ५३.७० अंक घटेको नेप्से परिसूचक दोस्रो कारोबार सोमवार पनि २१.३२ अंकले गिरावट आएको छ ।

    साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २१.३२ अंक घटेर २०७५.९७ बिन्दुमा झरेको छ । पछिल्लो एक सात उच्च अंकले वृद्धि भएर २१ सय बिन्दु माथि पुगेको नेप्से पुनः २ हजारमा बिन्दुमा झेरको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.१७ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अंकले घटेको छ ।

    सोमवार कारोबारमा आएको २७६ कम्पनीको ९४ लाख १८ हजार कित्ता शेयर ४ अर्ब ५ करोड १० लाख ७८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आईतवारको तुलनामा सोमवार कारोकार रकम पनि गिरावट आएको छ । आईतवार ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो ।

    नेप्सेका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक २.०७ प्रतिशत बढेको भने बैंकिङ, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त,जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

    सोमवार नेप्से २१.३२ अंकले गिरावट आएपनि तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सिवाईसी लघुवित्त वित्तीय संस्था, बिपिडब्लु लघुवित्त वित्तीय संस्था र सिटि होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

    तर यता सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७.१३ प्रतिशत घटेको छ । सोमवारको कारोबारमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको २३ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend